आज एकै दिन २ कम्पनीको शेयर दोस्रो बजारमा

काठमाडौं - आज बिहीबार धितोपत्र बोर्डमा एकै दिन दुई कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएका छन् । जसले धेरै लगानीकर्तालाई सम्पति बढ्ने छ । 

केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर नेप्सेमा हिजो सूचीकृत भएको थियो । यो कम्पनीको आज शेयर कारोबार हुने छ । 

स्टकका अनुसार कम्पनीको ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । 

त्यस्तै (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । 

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । अब यो कम्पनीको पनि आज बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

 

प्रतिक्रिया