भरतपुरमा रेणु दाहालको फराकिलो अग्रता

चितवन - भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता थप बढाएकी छन् । महानगरपालिकाको १ लाख १३ हजार ८७७ मत गणना गर्दा उनले ११ हजार १० मतको अग्रता बनाएकी हुन् । 

दाहालले ४६२५५ मत पाउँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५२४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४०२८ मत पाएका छन् । 

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४७ हजार २२८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले  २७ हजार ७१४ मत पाएकी छन् ।

प्रतिक्रिया