१८ बर्षे युवती कांग्रेस प्रदेश प्रतिनिधिमा चयन भएपछि चर्चामा

काठमाण्डौ । नेपाली काँग्रसको चलिरहेको महाधिवेशनमा युवाहरुको ब्यापक सहभागीतालाई लिएर निकै चर्चा हुन थालेको छ ।

नेपाली काँग्रेसमा युवाहरुको आकषर्णँ बढिरहेको धेरैको बुझाई छ । यसै विच बाग्लुङमा भर्खर मात्र सम्पन्न १८ बर्षे युवती उषा पापकोटा प्रदेश अधिवेशन प्रतिनिधमा भयन भएपछि उनको चर्चा सुरु भएको छ ।

उनी हिजो सम्पन्न अधिबेशनबाट प्रदेश १ बाट प्रतिनिधि चयन भएकी थिइन । उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन्। उनी बागलुङ क्षेत्र नम्बर १ क बाट प्रतिनिधि चुनिएकी हुन्।
उनको विजयलाई लिएर काँग्रेस प्रवक्त तथा युवा नेता विश्वप्रकाश शर्माले आफ्नो सामाजिक सञ्जालमा खुसी ब्यक्त गरेका छन ।

१० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि,१८ बर्ष पुग्दा उम्मेदवार,उम्मेदवार बनिसक्दा शानदार मतकासाथ विजयी १ प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बाग्लुङकि उषा सापकोटालाई धेरैधेरै बधाई । उनले लेखेका छन ।

 

प्रतिक्रिया