सोलुखुम्बु — सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
सगरमाथा आधार शिविर नजिकै आज बिहान ल्यान्डिङका क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र सवार थिए। उनी सकुशल रहेको प्रहरीले जनाएको छ। उक्त हेलिकोप्टर पर्यटक उद्धारका लागि गइसकेको थियो।