प्रदेश १ काँग्रेस सभापतिमा मत परिणाम रोचक

काठमाडौं - नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । झिनो मत परिणामको आधारमा थापाले जीत निकालेका हुन ।  

थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । 

प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया

//