काठमाडौं - केहि दिन अघि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले सर्बसाधारणको लागि ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो जुन ४ करोड ७७ लाख ९० हजार बराबरको हुन् जान्छ। तर अचम्मको कुरा त् के छ भने ५ करोडको आईपीओमा ४ करोड बढी आस्बा शुल्क उठेको छ।
अन्तिम दिन सम्म कम्पनीको आईपीओमा २६ लाख ६७ हजार ७ सय ४१ लगानीकर्ताले आवेदन दिएका थिए र उक्त आवेदन दिदा बैंकहरुले रु १० देखि रु १०० सम्म आस्बा शुल्क लिने गरेका छन। केही बैंकले नि: शुल्क सेवा दिई रहेका छन् भने केहिले यहि हो मौका भन्दै शुल्क उठाउने गरेका छन्।
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पनि २६ लाख ६७ हजार ७ सय ४१ लगानीकर्ता बाट औसत १५ मानेर हिसाब गर्दा ४ करोड बढी सी-आस्बा शुल्क उठेको छ। यो तथ्यांक केहि तल माथि भएपनि आइपियोमा आवेदन दिनकै लागि शुल्क लिनु उचित भने हैन। लगानीकर्ताले बार्षिक DEMAT खाता नविकरण गर्ने हुदा आईपीओ भर्दा र आईपीओ पर्यो भने त्यसलाई बेच्दा बेच्ने र खरिद गर्नेसँग पनि DP शुल्कको रुपमा लगानीकर्ताले २५ रुपैयाँ तिर्नु परेको छ।
बार्षिक नविकरण शुल्क लिने , आइपियो भर्दा नि लिने , शेयर खरिदा गर्दा नि लिने , शेयर बेच्दा नि लिने गर्दा लगानीकर्ता मारमा परेका छन् भने बैङ्कहरु मोटाउदै गएका छन्। त्यसकारण सम्बन्धित निकायले समयमै यो कुरामा ध्यान दिनु जरुरि छ।