काठमाण्डौ । शेयर बाँडफाँड भएको करिव २ महिना पछि नेपाल स्टक एक्सचेञ्जमा विहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर सूचिकृत भएको छ । यो सँगै सबैको हितग्राही खातामा शेयर आएको छ ।
स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल प्राप्त गरेको छ । अब आईतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज कानिर्धारण गरेको छ ।