भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गरेका छन्। संवादका क्रममा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन्।
मोदीले रास्वपाले हासिल गरेको चुनावी उपलब्धिलाई महत्वपूर्ण भन्दै आगामी सरकार गठन प्रक्रियाका लागि शुभकामना व्यक्त गरेका छन्। उनले नेपालमा बन्ने नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनहितका क्षेत्रमा मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन्।
वार्ताका क्रममा उनले नेपाल–भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको उल्लेख गरेका छन्।