काठमाण्डौ । केहि समय अघि मात्र प्राथमिक शेयर सार्वजनिक गरेको मध्य भोटेशोकीको शेयर आँउदो साता दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीतले आर्थिक सन्देशलाई जानकारी दिएको छ । साथै यही साता डिम्याट खाता आउने गरी तयारी गरिएको कम्पनीले जनाएको छ ।
शेयर रजिष्टार ग्लोवल आईएमई क्यापिटलका ब्यवस्थापक छविलाल पौडेलले दिएको जानकारी अनुसार सीडीएससीमा शेयर दर्ताको लागि सम्पुर्ण प्रक्रिया पुरा भएको साथै अब केहि काम कम्पनीको तर्फबाट गर्न बाँकी रहेको बताउनु भयो ।
मध्य भोटेशोकीको सीइओ राम गोपालले दिएको जानकारी अनुसार शेयर सूचिकृतको लागि कम्पनीले विहिबार पत्राचार गरेको हुँदा यो हप्ताभरिमा शेयर सूचिकृत हुने तथा आगामी साता सम्ममा शेयर दोस्रो बजारमा कारोबार हुने छ । कम्पनीले सूचिकृतको लागि ९० प्रतिशत काम पुरा गरिसकेको छ ।
कम्पनीले ९० करोड बराबरको ९० लाख कित्ताको शेयर विक्री गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो । आवेदन दिनेमध्ये ८ लाख १९ हजार जनाले १० कित्ताको दरले कम्पनीको सेयर पाएका थिए ।