काठमाण्डौ - पछिल्लो समय सरकार बिरुद्द सबै तहबाट विरोध हुँदै आइरहेको छ ।
यसै बीच संयुक्त विद्यार्थी आन्दोलन पाटन क्याम्पसमा विद्यार्थीहरुले प्रतिगमन भाग २ विरुद्धमा मसाल जुलुस सहित बिशाल प्रदर्शन गरेर विरोध गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थीको सामान्य घम्साघम्सी भएको विद्यार्थी नेता रुपक न्यौपानेले बताए ।
सरकारले आन्दोलन नियन्त्रण लिन प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । आन्दोलनमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय नेता सन्जिब फुयाल र नेबि संघका नेता तारा शर्माले सम्बोधन गर्नु भएको थियो ।