आईतबार शेयर बजार बन्द हुने

काठमाडौं - सरकारले आउँदो आईतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । उधौली पर्वको अवसरमा सरकारले बिदा दिन लागेको हो । साथै यो पर्व मान्ने देशभरका समुदायलाई समेत बिदा दिने निर्णय गरेको छ । 

देशै भरी सार्वजनिक बिदा नभएपनि उपत्यकामा सार्वजनिक बिदा हुँदा शेयरबजार खुल्दैन । त्यसैले आउँदो आईतबार बजार बन्द हुने भएको छ । 

साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो । अब एकैपटक ५ गते बजार खुल्ने छ । 

प्रतिक्रिया