काठमाडौंं - अर्थसचिव मधुकुमार मरासिनी भोलि (शुक्रबार) देखि काममा फर्किने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा चरम विवादमा परेपछि गत मंगलबार प्रधानमन्त्री र मुख्यसचिवलाई अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालयको काममा नफर्किने भन्दै अनिश्चितकालका लागि विदामा बसेका थिए ।
अर्थमन्त्री शर्माले बुधबार संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए । झन्डा हल्लाउँदै संसद् छिरेका मन्त्री शर्मा झन्डा लुकाएर संसद् भवनबाट बाहिरिएका थिए ।
भोलिदेखि नियमित काममा फर्किन्छु,’ सचिव मरासिनीले सचिवले भने ।
अर्थसचिवको नाताले असार मसान्तको बेला गैरजिम्मेवार बनेर विदा बस्न राम्रो नहुने भएकाले भोलिदेखि कार्यालय जाने उनले बताए ।