राजनीतिक दल सम्बन्धी अध्यादेश जारी

काठमाण्डो । सरकारले हिजो प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको राजनीतिक दल सम्बनधी अध्यादेश जारी भएको छ । 

राष्ट्रपतिको सचिवालयले अध्यादेश जारी भएको जानकारी दिएको हो । दल विभागन गर्न सहज हुने गरि मन्त्रिपरिपादले मंगलबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । 


मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया