सर्वोच्चको आदेशसँगै रवि लामिछाने थुनामै रहने

काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेको हो । 

लामिछानेको बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध दिएको निवेदनमा सर्वाेच्चले शुक्रबार बेलुका अबेर आदेश दिएको हो । 

उच्च अदालत, तुलसीपुर(बुटवल इजलास)ले थुनामा राख्न आदेश दिएलगत्तै गत २२ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

रवि लामिछानेसँगै छविलाल जोशीलाई पनि थुनामै राख्न आदेश भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय