काठमाडौं - धेरैको अपेक्षा विपरीत मंगलबार दोहोरो अङ्कले घटेको शेयर बजार बुधबार भने प्रि ओपन सेसनमा बढेको छ ।
मंगलबार यो सेसनमा २५ अंक भन्दा धेरैले बजार बढेको थियो भने रेगुलर सेसनमा १६ अंक भन्दा धेरैले घटेको थियो । सरकारले चुनावको मिति घोषणा गरेपछि हिजो बजार बढ्ने धेरैको अनुमान थियो ।
आज यो सेसनमा नेप्से झिनो अंक १.७५ ले बढेको छ भने बजारको कारोबार रकम ७ लाखमा खुम्चिएको छ ।
दस कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ६ कम्पनीको शेयर मूल्य बढेको छ साथै २ कम्पनीको शेयर मूल्य भने घटेको छ ।