काठमाडौं - बुधबार प्रि ओपन सेसनाम नेप्से झिनो अंकले मात्र बढेको छ । नेप्सेमा रौनक नदेखिएपछि कारोबार रकम पनि ६ लाखमा खुम्चिएको छ ।
यो सेसनमा आज ८ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै कारोबार हुँदा निफ्राको शेयर मूल्य यथावत रहेको छ ।