काठमाण्डौ । आफ्नो कामका कारण चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपती क्षेत्रको पर्खालमा भगवानको पेन्टिङ गरिएको छ । काम सुरु भएसँगै पर्खालहरु निकै सुन्दर देखिएका छन ।
सो क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । मन्त्री आलेले पशुपति क्षेत्रबाट बतास समूहलाई हटाउने देखि क्यासिनोको बक्यौता उठाउने सम्मको काममा तिव्रता दिइरहेका छन ।
शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।