काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से करिव ८० अंकले घटेर बजार बन्द भएको छ । आजको गिरावटसँगै समग्र बजार २७४९ विन्दुमा झरेको छ । तिहार अघि निरन्तर उकालो लागेको बजार अहिले भने फेरी घट्न थालेको छ ।
आज दिनैभरि विक्री चाप खेपेको शेयर बजारमा २२५ कम्पनीहरुको ६ अर्व ५२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । किनबेच भएका शेयर मध्य १७९ कम्पनीहरुको शेयर मूल्य घटेको छ भने ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ । सबै भन्दा धेरै प्राथमिक शेयर निष्कासन गरेको नेपाल पूर्वाधार बैंकको शेयर मूल्य निरन्तर उकालो लागेको छ । आज पनि कम्पनीको शेयर मुल्य २ रुपैयाँले बढेको छ । आज सर्वाधिक मूल्य बढ्ने कम्पनीहरु यस्ता छन्