संघको भावना विपरीत काम गरेपछि स्वतन्त्र पूँजी बजार सुधार संघका संयोजक कार्की बर्खास्त

काठमाडौं - लगानीकर्ताको हक हितका लागि काम गर्ने उद्देश्यका साथ गठन भएको स्वतन्त्र पूँजी बजार सुधार संघका संयोजक बर्खास्त दिल्लेश्वर कार्की ( रोहन ) लाइ बर्खास्त गरिएको छ । 

संस्थाको भावना विपरीत काम गरेको आरोपमा उनलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्तिक १३ गते बसेको संस्थाको बैठकले यो निर्णय गरेको हो । विज्ञेप्तीमा भनिएको छ "नाम मात्रका संघ संस्थाहरुसँग मिली पुरानै शैली दोहोराउन खोज्ने,सामाजिक सञ्जालको सस्तो लोकप्रियताको लागि मात्र रमाउन खोज्ने जस्ता गैर जिम्मेवारी पूर्ण काम गरेको ।"

उनीविरुद्ध संस्थाको भावना र लगानीकर्ताको चाहना विपरित काम गरेको आरोप लागेको छ । संघका उपाध्यक्ष विनायक सिवाकोटीको अध्यक्षतामा बसेको बैठकले नयाँ अध्यक्षमा सुशिल कुमार लुनियालाई चयन समेत गरेको छ । विज्ञेप्तीमा नव नियुक्त अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र सल्लाहाकारहरुको समेत हस्ताक्षर रहेको छ । 

 

 

प्रतिक्रिया