दुई कम्पनीका आइपीओ निष्कासन हुँदै

काठमाडौं - शेयर बजार सुस्ताएको बेला आइपीओ निष्कासन गर्ने कम्पनीहरु भने बढेका छन् । करिब ७ अर्बको आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् । 

यस्तै सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । 

यी दुई कम्पनीको गरी कुल ४६ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । जसमा सुपरमाई हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको सानिमा क्यापिटलले गर्नेछ ।  

यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । 

प्रतिक्रिया