मंसिरमा पनि बैंकहरुको ब्याजदर नघट्ने

काठमाडौंं - मंसिर महिनामा पनि बैंकहरूकाे ब्याजदर नघट्ने भएकाे छ ।नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भद्र सहमति गरेका छन् ।

सहमति अनुसार मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशत कायम गर्नेछन् । त्यस्तै अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा १०.१३३ ब्याज दिइरहेका छन् । 


बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरू छैनन् ।

प्रतिक्रिया