अधिक तरलता व्यवस्थापन राष्ट्र बैँकलाई चुनौतिपूर्ण बन्दै

नेपाल राष्ट्रबैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले निक्षेप संकलन उपकरणमार्फत १०० अर्ब रुपैयाँ तान्न लागेको हो।

यसअघि, भदौ १९ गतेमात्रै राष्ट्रबैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ तानेको थियो। अब एक हप्ता नबित्दै, पुनः १०० अर्ब रुपैयाँ तान्न लागिएको हो।

राष्ट्रबैंकले २१ दिने निक्षेप संकलन उपकरणका लागि आइतवार बोलकबोल गर्नेछ। आइतवार ३ बजेसम्म अनलाइनमार्फत हुने यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका हिस्सामा आवेदन दिन सक्नेछन्।

राष्ट्रबैंकको पछिल्लो विवरणअनुसार, बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ, जसमध्ये ५१ खर्ब ९९ अर्ब रुपैयाँ तिनले लगानी गरेका छन्।

प्रतिक्रिया