काठमाडौं - नेपाली कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका लोकप्रिय कलाकार विष्णु खत्री मेयरको उमेदवार सिफारिस भएका छन् ।
माओवादीले खत्रीलाई गल्कोटको लागि मेयरको उमेदवार सिफारिस गरेको हो । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष रहेका खत्री लगाएत अन्य ६ जनाको नाम सिफारिस गरिएको नेकपा माओवादीले जनाएको छ ।
त्यस्तै उपमयेरको उम्मेदवारमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरिएको छ ।