अधिक तरलता व्यवस्थापन: राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँको निक्षेप संकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज भदौ १९ गते पुनः ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ।

बैंकिङ प्रणालीबाट यो रकम तान्न अपराह्न ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको निक्षेप बोलकबोल गर्न सक्नेछन्। 

यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असोज ९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी गराएको छ।

राष्ट्र बैंकको हालैको तथ्यांकअनुसार भदौ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ। त्यस्तै, कुल कर्जा लगानी ५१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय