महानगरपालिकाको निर्णयको विरोधमा एमालेले बालेनलाई चेतावनी

काठमाडौँ: नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छुट्टाउनु पर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने निर्णयको विरोधमा एमालेले यो ज्ञापनपत्र बुझाएको हो।

यस निर्णयले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ। अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने चेतावनी एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय