३ दिनमा ११३ किलोमिटर पैदल हिंडेर बुटवल जाँदै रवि लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।

नारायणगढबाट बुटवल जाने सडकखण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गरिएको हो।

३ दिनसम्मको पदयात्रामा पार्टीका विभिन्न पदाधिकारीको पनि सहभागिता रहेको छ।

प्रतिक्रिया