प्रिओपन सेसनमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो 

काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से शुन्य दशमलव ८८ अंकले बढेर कारोबार भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । 

यो सेसनमा १४ कम्पनीको करिव दश लाख हाराहारीको कारोबार हुँदा प्राय धेरै कम्पनीको शेयर मूल्य बढेको छ भने एक एक कम्पनीको शेयर मूल्य भने घट्ने यथावत रहेका छन । अपि पावरको धेरै मूल्यको कारोबार हुँदा विकास बैक र जीवन बीमा उपसमूह सबै भन्दा धेरै बढेको छ । 

सरकारले एमसीसी पास गर्छ कि गर्दैन भन्ने प्रतिक्षामा रहेका लगानीकर्ताहरु काँग्रेसले यसको पक्षमा खुलेपछि उत्साहित भएका थिए । सोहि कारणले मंगलबार नेप्से अर्धसतक भन्दा धेरैले बढेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय