काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक झिनो अङ्कले बढेर बजार बन्द भएको छ । आइतबार बजार शतक भन्दा धेरै अङ्कले घटेको थियो । ब्याजदरको दबाबमा रहेको बजार आज भने सम्हालिएको थियो ।
नेप्से यथास्थितिमा रहँदा कारोबार रकम भने घटेर ३ अर्ब ६८ करोड रुपैयाँ हाराहारी पुगेको छ । २२७ कम्पनीको शेयर किनबेच हुँदा नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १११ कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
ब्यापार क्षेत्रको उपसूचक सबै भन्दा धेरै घट्दा अन्य उपसूचकमा सामान्य बढेका छन । जसमा वाणिज्य बैंकको उपसूचक पनि घटेको छ ।