बैंक अफ काठमाण्डूको लाभांश प्रस्ताव,लगानीकर्ता मख्ख

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया