काठमाडौं । नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा अहिले फेरि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको उल्लेख गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको र पुरानै सत्ता उल्ट्याउन खोजिएको उनको भनाइ छ।
विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ,प्रचण्डले भनेका छन्, उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।