डिशहोमको भर्चुअल कार्डमार्फत देशभर बर्गर र फ्राइड चिकेनमा विशेष सुविधा

काठमाडौं । डिशहोमले नेपालकै चर्चित फास्ट–फूड चेन “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन”सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा ल्याएको छ। अब डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका १५८ वटा आउटलेटमा फूड र बेभरेजमा १०% छुट पाउन सकिनेछ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट–फूड परिकारका लागि परिचित छ। यस साझेदारीले ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि मनपर्ने परिकार छुटसहित खाने सुविधा प्रदान गर्नेछ।

डिशहोम एपमार्फत ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड खोलेर, कार्ड देखाउँदै छुट लिन सक्नेछन्। डिशहोमका सीईओ तारा मानन्धरले भने, “यो साझेदारीले हाम्रो ग्राहकहरूको दैनिक जीवनमा थप मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडिएको छ।”

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा दिने उद्देश्यले सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय