काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ भने सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार र बहराइन दिनारको मूल्य वृद्धि भएको छ। यता, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र कतारी रियालको मूल्य भने घटेको छ।
आजको विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १४१ रूपैयाँ १८ पैसा र बिक्रीदर १४१ रूपैयाँ ८० पैसा निर्धारण भएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रूपैयाँ २२ पैसा र बिक्रीदर १५० रूपैयाँ ८८ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर १०० रूपैयाँ १३ पैसा र बिक्रीदर १०० रूपैयाँ ५७ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ८ रूपैयाँ ७२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा रहेको छ। यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा तथा कतारी रियालको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर ३ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३८ पैसा तोकेको छ। बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रूपैयाँ १६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ २ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ।