२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख शीर्ष निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेको जानकारी दिएका हुन्।

वाङचुकका अनुसार यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदले अनशन अन्त्य गर्न आग्रह गर्दै उनलाई संयुक्त पत्र पठाएका थिए। उनले धेरै सर्तमा भएको लामो छलफल र देशमा हिंसा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनशन तोड्ने निर्णय गरिएको बताएका छन्।

उनले यस निर्णयका सबै सर्त र सहमतिबारे छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने उल्लेख गरेका छन्। साथै, देशभर कुनै पनि प्रकारको हिंसा हुन नदिन सबैलाई संयमित र सतर्क रहन आग्रह गरेका छन्।

नीट–यूजी प्रश्नपत्र लीक प्रकरणलाई लिएर विद्यार्थीहरूले विगत एक महिनादेखि जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। आन्दोलनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वाङचुक २६ दिनदेखि आमरण अनशनमा बसेका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय