नबिल बैंकको खुद नाफा किन घट्यो ?

काठमाण्डौ । अग्रणी बैंक नबिल बैंकको त्रैमासिक रिपोर्ट अनुसार खुद नाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा ८।९१ प्रतिशतले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो । 

सञ्चालन नाफा ८।७५ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २९।३०५ ले बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । 

चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा ०।६६५ ले बढेर १।१४५ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ । नबिल बैंकले नेपाल बंगलादेश ९एनबी० बैंकलाई गाभ्ने तयारी गरेको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ । 


 

प्रतिक्रिया