बजारमा हरियाली फर्कियो,अर्धसतक माथिले नेप्से बढ्दा कारोबार रकम भने स्थिर

काठमाण्डौ । निरन्तर ओलारो लागेको शेयर बजार साताको अन्तिम दिन भने दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५६६ विन्दुमा पुगेको छ । 

आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य उकालो लागेपछि नेप्सेमा सुधार आएको हो । नेप्सेमा हरियाली फर्किए पनि कारोबार रकम भने स्थिर छ । २२६ कम्पनीहरूको २ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । 

एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । साथै अन्य सबै उपसूचकहरूलाई हरियाली छाएको छ । फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिँदा अपि पावरको शेयर धेरै कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय