मन्त्री आले माथि नैतिकताको प्रश्न,के मन्त्री पदबाट राजिनामा देलान् ? भिडियो सहित

काठमाण्डौ । नारायणहिटीदेखि पशुपतिको धर्मषाला प्रकरणबाट चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पदीय मर्यादा बिर्सेर अश्लिल बोलेको एक अडियोले सामाजिक सञ्जालमा चर्चा पाएका छ । भारतमा बस्ने एक युवकले सामाजिक संजालमा कमेन्ट गरेको विषयलाई लिएर अश्लिल शब्द प्रयोग गरेर निकै न्यून र निकृष्ट ढंगले गाली गलोजमा उत्रिएका छन् ।

आलेले ती युवकलाई भारतमै सफाय गर्नेदेखि आमासँग जोडेर सुन्नै नसक्ने र अपाच्य हुने बोलेका छन् । अडियो सुन्दा प्रेम आलेको आवाजनै प्रष्ट हुन्छ । तर, त्यस अडियोको आधिकारिता भने सम्बन्धित निकायले पुष्टी गर्ला ।

भारतको मुम्बईमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएका छन् । सम्वादको सुरुवातमा मन्त्री आलेले ती युवालाई तपाइँ सम्बोधन गर्दै के यस्तो कमेन्ट गरेको बताएका थिए । युवाले तपाइँबाट यस्तो अपेक्षा नगरेको टिप्पणी गरे पछि आलेले अपाच्य हुने अश्लिल शब्द प्रयोग गरेर गाली गरेपछि दुवैबीच भनाभन भएको अडियोमा सुनिन्छ ।

उनको अडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै नैतिकताबो प्रश्न समेत उठेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनी मन्त्री पदमा बस्न योग्य नरहेको समेत बताएका छन । 

 

प्रतिक्रिया