काठमाडौं - हिन्दूहरूको महान पर्व शिवरात्रीको अवसरमा भोलि सार्बजनिक बिदा भएको हुँदा भोलि शेयर बजार बन्द हुने भएको छ ।
यो पर्वमा यस पूर्वनै बिदा दिने घोषणा भैसकेको थियो । साथै यो हप्ता अझ एक दिन पनि बजार बन्द हुने सम्भावना रहेको छ ।
यो पनि .....
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१० विन्दुमा आएको छ । सरकारले आइतबार एससीसी परियोजना संसदबाट पारित गरेसँगै बढ्ने अपेक्षा गरिएको बजार घटेपछि लगानीकर्ता निराश भएका छन ।
नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । ३ अर्ब ६४ करोडमाथि पुगेको छ । यो केही दिन यताको औसत कारोबार रकम हो । आज २२७ कम्पनीको शेयर खरिद बिक्री भएकोमा केवल ७ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्यका सर्किट लाग्न नसक्दा बीमा समूहको उपसूचक धेरै घटेको छ ।
अपि पावर कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा धेरै कारोबार हुने कम्पनीको सूचीमा जलविद्युत कम्पनी नै अग्रस्थानमा रहका छन । २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार हुँदा धेरै शेयर मूल्य घट्नेमा जलविद्युत कम्पनी नै अगाडि छन ।