☰

अवैध संरचनाहरू हटाउँने क्रममा मेयर बालेनको भयो चर्काचर्की

काठमाडौंं - नक्सा पासमा भएकाे भन्दा फरक ढङ्गले बनाएका अवैध संरचनाहरू हटाउँदै,।

हिँड्नुभएका काठमाण्डाै महागरपालिकाका मेयर बालेन्द्र साहले चर्काचर्की गर्नुभएकाे छ । महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्सको अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको हो ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभयो ।

आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्नुभयो अनि पर्‍याे चर्काचर्की ।

साहले नक्सा माग्दा निर्देशक शर्माले ‘नक्सा मँसँग होइन तपाईँसँग हुनुपर्छ’ भन्ने जवाफ दिएपछि साह झोक्किनुभयो अनि उहाँले सोध्नुभयो, ‘तपाईँको घरको नक्सा मसँग हुनुपर्छ हाे ?’ अल्फाबिटाका निर्देशक शर्माले उल्टै प्रतिप्रश्न गर्नुभयो, ‘नगरपालिकामा के हुन्छ त ?’ दुई जनाबीच केहीबेर चर्काचर्की भयो । चेतावनी दिएर मेयर बालेन्द्र साह अरू ठाउँको निरीक्षणमा जानुभयो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय