सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शनिवार गृहमन्त्रालय एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो । 

शुक्रवार वरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो । 

प्रतिक्रिया