काठमाण्डौ । इमर्जिङ्ग नेपाल लिमिटेडका शेयर धनीहरूले कारोबार भएको पहिलो दिनमै करिव २ सय प्रतिशत कमाउन सफल भएका छन । यो कम्पनीको दोस्रो बजारमा आज पहिलो कारोबार भएको थियो ।
स्पेसल प्रि ओपन सेसनमा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। आज यो कम्पनीको जम्मा २० कित्ता मात्र शेयर खरिद बिक्री भएको छ । जसअनुसार एक हजारको आईपीओ पार्ने लगानीकर्ताले १८ सय भन्दा धेरै कमाउन सफल भएका छन ।
गत शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।
नेप्सेले कम्पनीलाई ईएनएल कारोबार संकेत दिएको थियो। सोही स्टक टिकरमा कम्पनीको शेयर कारोबार भएको हो।