धितोपत्र बोर्डद्वारा अरुण काबेलीको सेयर बिक्री गर्न रोक


काठमाडौं–नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ ।
अरुण भ्यालीले अरुण कावेलीको सेयर बिक्री गर्न भन्दै माघ २३ गते सूचना प्रकाशित गरेको थियो । अरुण कावेली हाइड्रोपावरमा अरुण भ्यालीको नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्न भन्दै सूचना निकालेको थियो । उक्त सूचना धितोपत्र नियमावलीअनुसार नभएको पाइएको थियो । धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) अनुसार सेयर बिक्री गर्न नमिल्ने भन्दै उक्त सेयर बिक्री नगर्न रोक लगाएको हो ।


गत साता अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेली लिमिटेडको सेयर बिक्री नगर्न बोर्डले निर्देशन दिएको छ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो स्वामित्व रहेको अरुण कावेली लिमिटेडको सेयर बिक्री गर्न पाउनु पर्ने अडान कसेर बसेको थियो ।


अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरणसमेत सोधेको थियो । बोर्डले फागुन पहिलो साता अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री लागेको हो भनेर स्पष्टिकरण सोधिएको थियो । त्यसको जवाफमा कम्पनीले अरुण काबेलीमा सञ्चालक भए पनि सेयर बिक्री गर्न पाउनु पर्ने अडान राखेर जवाफ पठाएको छ । कम्पनीले जस्तो अडान लिएपनि बोर्डले कानून विपरित सेयर बिक्री नगर्न निर्देशन दिएको छ ।


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय