काठमाण्डौ । नेकपा एमालेमा आएको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा परेको छ ।
एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश एक सरकार पनि ढल्ने निश्चित भएको छ । प्रदेश सरकारले आज विश्वासको मत लिने योजना थियो तर त्यस अघिनै मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषण गरेका छन ।
आचार्य भाद्र दश गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेशमा टिक्नको लागि सरकारले ९२ सांसदको महुमत मत त्याउनु पर्ने हुन्छ तर विपक्षसँग ५० सांसदको समर्थन भएपछि सरकार अल्पमतमा परेको हो । एमाले नेतृत्वमा रहेको बागमती प्रदेशको सरकार पनि यस अघिनै परिर्वतन भएको छ ।