घरबाटो सिफारिस दिन वडा अध्यक्षले मागे १५ लाख घु

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बाद १५ लाख घुस लिदै गर्दा पक्राउ परेका छन् । 

बुधबार राति घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

साथै उनको साथबाट १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार अख्तियारले बरामद गरेको छ भने उनका कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । स्रोत : सीधाकुरा बाट

प्रतिक्रिया