एस मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउने बद्री लामालाई टाटा टियागो ईभी कार

काठमाडौँ, । IME Limited अन्तर्गत सञ्चालन गरिएको योजनामा दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई प्रयोग गरी रेमिट्यान्स पठाउँदै आएका लामा ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत भाग्यशाली विजेता घोषित भएका हुन्।

काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई कार हस्तान्तरण गरे। कार्यक्रममा अध्यक्ष ढकालले ग्राहकले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै विदेशबाट औपचारिक माध्यममार्फत पठाइने रेमिट्यान्सले परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको बताए।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धनसँगै सीप र अनुभव पनि स्वदेशमा भित्र्याइरहेको उल्लेख गरे। गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरू लक्की ड्रमा सहभागी भएका थिए।

यसअघि सोही योजनाबाट दुई जना सेवाग्राहीले आईफोन १६ ईसमेत प्राप्त गरिसकेका छन्। आइएमईले विगतदेखि नै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न योजना र साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया