दीपक मनाङे पदमुक्त, उपचुनाव हुने

२०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित दीपक मनाङे ९राजीव गुरुङ० को मनाङ प्रदेश ‘ख’ क्षेत्र रिक्त भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार ९आज० गरेको फैसलासँगै मनाङ ‘ख’ मा उपचुनावको बाटो खुलेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको पाँच सदस्यीय इजलासले आजको मितिबाट मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यसअघि नै दीपक मनाङे चुनाव लड्न अयोग्य रहेको भन्दै रिट दायर गरिएको थियो। सर्वोच्चको निर्णयले पुष्टि गरेपछि उनी अब पुनः चुनाव लड्न नपाउने भएका छन्।

२०८१ कात्तिक २० गते, सर्वोच्च अदालतले २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको मुद्दामा उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका उनी हाल डिल्लीबजार कारागारमा थुनामा छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय