एनसीसी र कुमारी बैंक मर्जरमा हुने, स्वाप रेसियो कति

काठमाडौंं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जरमा जाने समझदारी भएको छ ।

सोमबार (असोज ११ गते) मेरियट होटलमा मर्जरका लागि हस्ताक्षर भएको हो ।सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको जनाइएको छ । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

प्रतिक्रिया