दहाललाई कोरोना संक्रमण,कस्तो छ अहिले अवस्था ?

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल दाहालको अवस्था सामान्य रहेको र उनले निजी निवासमै आराम गरिरहेका छन् । पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएका छन् ।

पार्टी कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष दाहाल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बस्दै आएका थिए ।

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ ।

मुख्यसचिव ढकालले केन्द्रीय कार्यालयका अधिकांश साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताएका छन् । शुक्रबार नै गरिएको कोरोना परिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई समेत कोरोना देखिएको छ ।

प्रतिक्रिया