काठमाण्डौ - नेकपा एमालेको स्थायी कमिटी बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । योसँगै एमालेमा झन किचलो हुने पक्का भएको छ ।
नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठक रोक्न ओलीलाई आग्रह गरेका थिए तर ओलीले नमानेपछि नेपाल पक्षका नेताहरु आक्रोशित हुँदै बैठक स्थलबाट बाहिरीएका थिए ।
नेपालको संविधान धारा ७६ को उपधारा ५ अनुसार नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले एक महिना भित्र विश्वासको मत लिनु पर्ने बाध्यात्मक अबस्था छ । यदि उनले विश्वासको मत लिन नसके देश फेरी चुनावको बाटोमा जाने छ ।
योपटक संसदहरुलाई मत दिन कुनै हृृव नलाग्ने हुँदा माधव पक्षका नेताले विश्वासको मत दिए भने मात्र पनि देउवा सरकारको कार्यकाल १७ महिना हुने छ ।