अरुको विरोध गर्ने मन्त्रीले नै पिर्के सलामी लिए पछि

काठमाण्डौ ।  नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ ।


मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्विरको अहिले समाजिक सञ्जालनमा व्यापक आलोचना भएको छ ।

 समाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री झाक्रिको केहि पहिलेको ट्विटसहितको फोटो सेयर गर्दै पिर्के लसामीको आलोचनासंगै व्यङ्ग्य गरिरहेका छन् । उनले यस अघि अन्य मन्त्रीहरुले यसरी सलामी लिँदा चर्को आलोचना गर्ने गरेकी थिइन । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पुरानो भनाईलाई साथैमा राखेर चर्को आलोचना गरिरहेका छन । युवा मन्त्री भएर पनि पुरानै प्रवृति दोहोराएकोमा धेरैको आक्रोस छ । 

प्रतिक्रिया