काठमाण्डौ । बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । सरकारले एमसीसी पास गर्ने गरि निर्णय गरेको खवर बाहिरिए पछि त्यसको बजार नेप्से सूचकमा देखिएको छ । दिनैभरि स्टेवल रहेको बजार यो खबर आँउदा साथ बढेको थियो । योसँगै समग्र बजार २७ सय ५४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने ३ अर्ब २३ करोडमा सिमित भएको छ । दिनै भरिमा २२४ कम्पनीको शेयर किनबेच भएकोमा १७९ कम्पनीको शेयर मूल्य बढेको छ भने न्यादी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । ७ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढ्दा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ भने बाँकी उपसूचक सबै हरियाली रहेका छन ।